भारतीय प्रधानमन्त्रीद्धारा कैलाली घटनाप्रति दुस्ख व्यक्त, राजनीतिक तहबाट सम्वोधन गर्न प्रमलाई सुझाव

भारतीय प्रधानमन्त्रीद्धारा कैलाली घटनाप्रति दुस्ख व्यक्त, राजनीतिक तहबाट सम्वोधन गर्न प्रमलाई सुझाव

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं , ८ भदौ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शुसिल कोईरालालाई टेलिफोन गरी कैलालीमा सोमवार भएको घटनाप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।

समकक्षी मोदीले हिंसात्मक गतिविधि निस्तेज पार्न र सामाजिक सद्भाव खल्बलिन नदिन नेपालका सबै राजनीतिक दलका शीर्षस्थ नेतृत्वमा आग्रह गर्नुभएको बताईएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक समस्याको समाधान राजनीतिक तहबाटै सम्बोधन गरिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्री कोइरालाका प्रमुख प्रेस सल्लाहकार प्रतिक प्रधानले जानकारी दिनुभयो ।

सबै समस्याको समाधान वार्ता र सम्बादबाटै खोजिनुपर्ने भन्दै उहाँले त्यसका लागि सबै दलहरुबीचको बृहत छलफलमा सघाउन नागरिक समाजका अगुवालाई पनि आग्रह गर्नुभएको थियो ।

टेलिफोन सम्बादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा दिगो शान्ति र लोकतान्त्रिक संविधान निर्माण प्रकृयामा सघाउन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानले बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले पनि समस्याको समाधान राजनीतिक तवरबाटै खोज्नका लागि आफूले सम्बन्धित पक्षसँग छलफल थालिसकेको जानकारी गराउनु भएको थियो । उहाँले छिमेकी मुलुकबाट नेपालको सुरक्षाका लागि व्यक्त भएको चिन्ता र चासो एवं सहयोगको आश्वासन प्रति मोदीलाई धन्यवाद दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ