रौतहटको गौरमा गोली चल्यो , एक जनाको मृत्यु

रौतहटको गौरमा गोली चल्यो , एक जनाको मृत्यु

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,८ भदौ ।

रौतहटको गौरमा निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाउदा एक जनाको मुत्यु भएको छ ।

प्रहरीको गोली लागि मोछिया गाविसका २० वर्षीय राजकिशोर ठाकुरको मुत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै ५ जना भन्दा धेरै जम्मा हुन रोक लगाए पनि सयौको संख्यामा आन्दोलनकारी चोकमा भेला भएर प्रदर्शन गरेका थिए ।

प्रहरीमाथि आक्रमणको प्रयास भएपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मिरर्मिरेलाई जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ