काठमाडौँ, ८ भदौ ।
कैलालीको टीकापुरमा सोमवार एसएसपि सहित सात प्रहरी र वालकको ज्यान गएपछि प्रजिअ र डिआईजी परिवर्तन गरिएको छ ।
सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख एवं डीआइजी षडानन्द चौधरी र प्रमुख जिल्ला राजकुमार श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ ।
गृहमन्त्रालयले आज दुर्घटनापछि प्रजिअ राजकुमार श्रेष्ठ र डीआइजी चौधरीलाई फिर्ता बोलाएको हो ।
यस्तै आजै गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीमा मोहन चापागाईं र सुदूरपश्चिम डीआइजीको कमाण्डमा सुरज श्रेष्ठलाई आजै खटाइने निर्णय पनि गरेको छ । उनीहरुलाई आजैबाट जिम्मेवारी दिएको बताईएको छ ।
टीकापुरमा हिजो भएको घटनामा ५ प्रहरी, २ शसस्त्र प्रहरी र एक बालकको मृत्यु भएपछि प्रजिअ श्रेष्ठ आलोचित बनेका थिए।
थारुहटरथारुवानका प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुखद र अमानविय घटना भएको भन्दै गृहमन्त्रालयले हिजो नै दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिसकेको छ ।
कैलालीको टीकापुर क्षेत्रमा आज पनि तनाव जारी रहेको बताइएको छ ।