तेह्रथुम ,८ भदौ ।
खेतबारीमा पलाएको अन्नबाली पाकेर थन्क्याउने समस्या बाँदरले खाएर सखाप पार्न थालेपछि तेह्रथुमका बासिन्दाहरु हैरान भएका छन ।
जिल्लका दक्षिणी क्षेत्रका फाक्चामारा र पञ्चकन्या गाविसका कतिपय स्थानीय बाँदर आतंकबाट हैरान भएपछि बसाई सराई समेत गरिसकेका छन ।
यी गाविसहरुको सीमाना पाँचथरस“ग जोडिएको छ । दुई जिल्लाको सीमा भएर बग्ने तमोर नदी आसपास ठूलो जंगल रहेकोले सो जंगलमा आउने बाँदरका कारण स्थानीय हैरान भएको स्थानीय हरुको भनाई छ ।
हिउ“दे र बर्खे दुवै मौषमको कमाइ बाँदरले थन्क्याउन नदिएपछि कतिपय गाउलेले गाउको आफनो जग्गा बाँदरलाई नै छाडेर बसाई सरिरहेका छन्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline