मृत्यु भएका प्रहरीको शव काठमाडौं ल्याइदैं , प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन हुने

मृत्यु भएका प्रहरीको शव काठमाडौं ल्याइदैं , प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन हुने

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कैलाली, भदौ ८ ।

कैलालीको टीकापुरमा सोमबार आन्दोलनकारीको आक्रमणबाट मारिएका सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको शव धनगढी ल्याइंदै छ ।

मृतक सबैको कोहलपुरमा पोष्टमार्टम गरिएको छ । त्यहांबाट शव मंगलबार काठमाडौं ल्याइने बताइएको छ । कैलालीमा सेना परिचालन गरिएसंगै मंगलबार कोही पनि प्रदर्शनकारी बजारमा देखिएका छैनन् ।

सोमबारको घटनाले स्थानियमा त्रास फैलिएको छ भने बजार सुनसान रहेको छ । ोमबार थरुहट आन्दोलकारीको आक्रमणबाट सात सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको थियो । ैलाली नगरपालिका–६ शंकरपुरमा कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का, वरिष्ठ सशस्त्र प्रहरी हवल्दार ललित साउद, हवल्दार रामविहारी चौधरी र प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन् ।आक्रमणकारीले सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउदका २ बर्षे छोरा टेकेन्द्र साउदको पनि हत्या गरेका छन् ।

आक्रमणकारीहरुले भाला, बञ्चरोलगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेका हुन् । ञ्चल प्रहरी प्रमुख न्यौपानेले भीडलाई सम्झाइरहेका बेला पछाडिबाट भाला प्रहार गरिएको बताइएको छ । घटनामा घाइते ३९ जनामध्ये केहीको टीकापुर र बांकेको कोहल्पुरमा उपचार भईरहेको छ ।

घटनापछि दंगा भड्कन सक्ने भन्दै स्थानिय प्रशासनले सोमवार अहिले ११ बजेदेखि सांझ ७ बजेसम्मको लागि धनगढी नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।दुर्गौली, जोशीपुर, नारायणपुर, धनसिंहपुर, मुनुवा र पथरैयामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

उच्च मुल्याङकन हुने

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टिकापुर घटनामा प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन देशवासीबाट हुने जनाएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण नेउपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार श्वामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको प्राण उत्सगैको नेपाल प्रहरीका सकल दर्जाहरुबाट मात्र होइन, देशवासीबाट समेत उच्च मूल्यांकन हुने बताउनु भएको छ ।

टिकापुर घटनाका सम्बन्धमा समवेदना सन्देश जारी गर्दै महानिरीक्षक अर्यालले भन्नुभएइको छ , ‘कैलालीको मनुवा गाविस–६ स्थित सिमलचौरमा राष्ट्र र जनताको सेवामा समर्पित रही शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिएका नेपाल प्रहरीका पाँचजना अत्यन्त होनहार, बहादुर र कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरुले कर्तव्यपालनको सिलसिलामा सहादत प्राप्त गरेको घटनाले अत्यन्त मर्माहत तुल्याएको छ ।’

दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न शक्ति मिलोस् भन्ने प्रार्थना गर्दै उनले घाइते प्रहरीहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ