मधेसी मोर्चाका कार्यकर्ताद्धारा जलेश्वरमा दुई वटा प्रहरी बिटमाथि आगजनी

मधेसी मोर्चाका कार्यकर्ताद्धारा जलेश्वरमा दुई वटा प्रहरी बिटमाथि आगजनी

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ८ भदौ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा  आज विहानै दुई वटा प्रहरी बिटमा आगजनी भएको छ ।

प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलन जारी राखेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान ५ बजेतिर महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका हुन् ।

सयौको सङ्ख्यामा आएका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिटमाथि आगजनी गरेका हुन । आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएका छन ।

प्रहरी बिटमा गरिएको आगजनीपछि जलेश्वरका अन्य चोकमा अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ