काठमाडौ ८ भदौ ।
प्रदेशको सिमांकनमा असन्तुष्टी जनाउदै भएको प्रदर्शनमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले रौतहट र नेपालगन्जमा हिजोबाट लागाएको कर्फ्यु आज पनि जारी छ ।
विरोध प्रदर्शनका क्रममा हिजो रौतहट सदरमुकाम गौरमा प्रदर्शनकारी र प्रहरीबीच भएको झाडपमा ३५ जना घाइते भएका थिए । झडपपछि तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
यसैबीच मधेश केन्द्रित विभिन्न राजनितिक दल तथा समुहले आह्वान गरेको बन्द आज पनि जारी छ । बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
तराईका सबै जसो जिल्लामा बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार पसल ठप्प रहेका छन् ।
लगातारको बन्दका कारण तराईका जिल्लाहरुमा खाद्यन्न, पेट्रोलियम पदार्थ लगायतको अभाव देखिन थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline