टिकापुरको घटना तिन दलका कारण भयोः विप्लव माओवादी

टिकापुरको घटना तिन दलका कारण भयोः विप्लव माओवादी

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ७ भदौ ।

नेकपा माओवादीले कैलाली जिल्लाको टिकापुरमा सोमबार दिउँसो सरकार र कथित ३ दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका जनता र प्रहरीबीच झडब हुँदा अकल्पनीय क्षति हुन पुगेको जनाएको छ ।

पार्टी प्रबक्ता प्रकाण्डले सोमबार साझ एक प्रेस विज्ञप्ति जारी गरिसरकार र तिन दलको जनविरोधी रबैयाका कारण टिकापुरको घटना घटेको बताउनु भयो छ ।

उक्त घटना अशान्ति मच्चाउने सरकार र ३ दलको कारण भएको हो । हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ” विज्ञप्तिमा भनिएको छ ।
माओवादीले विज्ञप्तिमा मृतकप्रति श्रद्धाजञ्जली व्यक्त गरेको छ ।
विज्ञप्तिमा “शोकमग्न आफन्तजनहरुप्रति पार्टी गहिरो संवेदना व्यक्त गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित निःशुल्क उपचारको माग गर्दछ ।” भनिएको छ ।
माओवादीले जनतामाथिको दमन अविलम्ब रोकी जनताका न्यायपूर्ण आवाजको सम्बोधन गर्न र घटनाको तदारुकताका साथ छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग समेत गरेको छ ।
प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा सरकारले घुसपैठको आरोप लगाएको भन्दै आपत्ति जनाउँदै आरोपको पार्टी खारेज गर्दछ भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ