काठमाडौं, भदौ ७ ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले मुलुकमा अनिष्ट निम्तिन सक्ने चेतावनी दिएको केहि घण्टाभित्रै कैलालीको टीकापुरमा आन्दोलनले उग्र रुप लियो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले ट्वीट गर्दै अनिष्ट हुने चेतावनी लगत्तै टीकापुरमा आन्दोलनकारीले घरेलु् हतियार प्रयोग गरी आक्रमण गर्दा एसएसपि सहित १८ प्रहरी र अन्य ४ जनाको मृत्यु भयो ।
सीमांकनका विषयमा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले पछिल्लो समय राख्दै आएको अडानलाई संकेत गर्दै उनले यस्तो चेतावनी दिनुभएको हो ।
ट्वीट गर्दै उहाले ती नेतालाई ‘शेर’को उपनाम दिएर लेख्नुभएको छ , ‘हाम्रा पूर्वरपश्चिमका शेरहरु अलि लचिलो बनेर थारु, मधेसी, जनजाति, महिला, दलितलाई साथ लिदैं छिटो संविधान जारी गर्नु बेश होला, नत्र अनिष्ट होला !’
यसैबीच उनले फेसबुक पेजमा अग्रगामी शक्तिलाई एकजुट हुन अपील गर्दै लख्नुभएको छ , ‘छिटो संविधान, राम्रो संविधान बनाउन सबै अग्रगामी शक्ति एक होऔं ।’
सबैलाई सन्तुष्ट पार्न नसके पनि धेरैलाई सन्तुष्ट पारौं भन्दै उहाले लेख्नुभएको छ ‘संविधानसभा भित्रैबाट समाधान खोजौं, सबै पक्षसँग वार्तारसंवाद गरौं ।’
७ प्रदेशको संघीयताभित्रै सीमांकनमा हेरफेर गरी समाधान खोज्न सकिने उहाको भनाई छ । यस क्रममा प्रदेश १ को मधेसीरथारु बाहुल्य क्षेत्रलाई प्रदेश २ मा राख्ने, प्रदेश ५ को मगर बाहुल्य क्षेत्रलाई प्रदेश ४ मा राख्ने, प्रदेश ७ को थारु बाहुल्य क्षेत्रलाई प्रदेश ५ मा राख्न सकिने उहाको सुझाव छ ।
त्यस्तै नागरिकताका सवालमा पुरुषको विदेशी दम्पत्तीलाई झैं महिलाको विदेशी दम्पत्तीलाई पनि (आवश्यक परे थप शर्तसहित) अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्न उहाले सुझाउनु भएको छ ।
महिला र दलितलाई निश्चित प्रतिशत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने, देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको व्यवस्था गर्ने, नेपाली समाजको वहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्म्निरपेक्ष राख्ने उहाको प्रस्ताव छ ।
संसमा प्रस्तुत परिमार्जित विधेयकलाई दलहरुको सहमतिमा संशोधन गरी थप परिमार्जनरपरिवर्तन गर्ने अझै ठाउँ र समय बाँकी रहेको प्रष्ट पार्दै उहाले भन्नुभएको छ , ‘त्यसैले हिजोका हामी सबै आन्दोलनकारी सहकर्मीहरुले आपसमा फुटेर हैन जुटेर संवादरसहमतिद्वारा देशलाई छिटो निकास दिऊँ ।’
अँध्यारो कुनामा बसेर संविधान बन्न नदिने र देशलाई अस्थिरताको भुमरीमा फसाइराख्ने षड्यन्त्र गर्नेहरुलाई परास्त गर्न पनि उहाले अपील गर्नुभएको छ ।