काठमाण्डौ ,७ भदौ ।
सुरक्षा प्रमुखको बैठकले टीकापुरमा सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।
टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रजिअलाई आदेश दिएको हो ।
सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको छ ।
सोमबार बसेको सुरक्षापरिषदको आकस्मिक बैठकले स्थानीय प्रसासन ऐन अनुसार सरकारले प्रमुख जिल्ला अधिकारीलाई यस्तो आदेश दिएको हो।
कैलालीको टिकापुरसहित तराईका केहि भागमा संघीयताका विषयलाई लिएर दंगा अनियन्त्रित हुन थालेपछि सरकारले आवश्यक परे स्थानीय जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नसक्ने आदेश दिएको छ ।
समस्या भएका क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरि सेना परिचालन गर्न सकिने बताएको हो ।
सोमबार टीकापुरमा थरुहट समर्थक र प्रहरीबीच भएको भिडन्तमा १७ प्रहरी सहित २२ जनाको मृत्यु भएको छ। कम्तिमा ३ जना आन्दोलनकरी मारिएका थिए।
गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा सोमबार प्रहरीलाई जिउँदै जलाइएको बताउनु भएको छ ।
टिकापुरमा सोमबार थहरुट समर्थक आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा २२ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।
घटनाबारे सोमबार अपरान्ह संसदमा जानकारी दिँदै गौतमले टिकापुरमा प्रहरी जवान रामविहारी चौधरीलाई आन्दोलनकारीले जिउँदै आगो लगाएको बताउनु भयो ।
उहाले प्रहरीका ३ वटा शव क्षतविक्षत अवस्थामा रहेकाले उनीहरुको परिचय खुल्न नसकेको पनि बताउनु भयो ।
यस्तै, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपिएर मारिएको उहाले बताउनु भयो ।
अन्य प्रहरीहरुलाई पनि भाला, बन्चरो तथा हँसिया जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरीएको मन्त्री गौतमले जानकारी दिनुभयो ।
अहिले आक्रमणकारी सडकबाट हटी गाउँका घरहरुमा लुकेर बसेको उहाले सदनलाई जानकारी दिनुभयो । गृहमन्त्री गौतमका अनुसार रौतहटको गौरमा पनि भाला, भाटा, डण्डा लिएर मानिसहर सडकमा निस्किएका छन्।
गौरमा दक्षिणतिरबाट धेरै मानिसहरु शहर प्रवेश गरेको बताए। गृहमन्त्री गौतमका अनुसार सर्लाहीमा पनि घरेलु हतियार लिएका मानिसहरु ठूलो संख्यामा सदरमुकाम मंगलवा तर्फ गइरहेको बताउनु भयो ।
नियोजित रुपमा यस्तो घटना गराइएको उहाले पटकपटक दोर्होयाउनु भएको थियो । उहाले सामाजिक सद्भाव कायम राख्नका लागि सदनबाट आव्हान गर्न पनि सदन समक्ष माग गर्नुभएको छ ।