काठमाडौँ ७ भदौ
कैलालीको टिकापुर क्षेत्रमा बढेको तनावले उग्र रुप लिदा प्रहरी एसएसपीसहित ९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोराको ज्यान गएको छ ।
झडपमा थरुहटका केही कार्यकर्ताको पनि ज्यान गएको छ । तर संख्या एकीन भएको छैन । खुँडा र भालासहित आएका थरुहटका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका ५५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दर्जन भन्दा बढि घाइते भएका छन् । मृतक थरुहट वा अखण्डपक्षधर हुन् भन्ने खुलेकाे छैन ।
प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा भिडन्त भएको हो ।
केही दिनदेखि याे क्षेत्रमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ । टिकापुर क्षेत्रमा अहिले कर्फयु लगाईएकाे छ । दुर्गाैली, पथरिया, टिकापुर लगायतका क्षेत्रमा अहिले पनि झडब भइरहेकाे छ ।