काठमाण्डौ,७ भदौ ।
प्रहरीको मोस्ट वान्टेट सुचिमा रहेका नेपालगन्जका ’डन’ रिगल ढकालले प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन । नेपालगन्ज–८ क चेतन मानन्धरको हत्या अभियोग लागेका उनी एक महिनादेखि फरार थिए ।
घटनामा रिगलको मुख्य संलग्नता रहेको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटना लगत्तै फरार रहेका उनी आज बयान दिन बाँके जिल्ला अदालतमा पुगेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले पनि रिगल आफैं अदालतमा पुगी बयान दिइरहेको बताउनु भयो । चेतन हत्याको अभियोगमा यसअघि पक्राउ परेका ११ जना रिगलका सहयोगीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेकोमा बाँके जिल्ला अदालतले केही समय अगाडी पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
काँग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहदै आएको बाँके प्रहरीले जनाएको छ ।