काठमाण्डौ,७ भदौ ।
उपराष्ट्रपति परमानन्द झाले दलीय स्वार्थ त्यागेर संविधान निर्माणमा अग्रसर हुन सबै दलहरुलाई आग्रह गर्नुभएको छ ।
विराटनगरमा आज ६६ औं अणुव्रत अधिवेशनको उद्घाटन गर्दै उहाले दलगत स्वार्थ हाबी हुँदै गएकाले संविधान निर्माण प्रक्रियामा समस्या देखा परेको बताउनु भयो ।
उपराष्ट्रपति झाले नयाँ संविधान निर्माण प्रक्रियामा जुट्न सबै दलहरुलाई आग्रह गर्नुभयो । नेपाली जनताले दिएको अभिमतलाई कदर गर्न सकेमा मात्रै दलहरु नैतिकवान बन्न सक्ने उहाको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline