अखण्ड रुकुमको विषयलाई लिएर रुकुमेली बिभाजित, आन्दोलनकारिहरुद्धारा सदरमुकाम नाकाबन्दी

अखण्ड रुकुमको विषयलाई लिएर रुकुमेली बिभाजित, आन्दोलनकारिहरुद्धारा सदरमुकाम नाकाबन्दी

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं,७ भदौ ।

अखण्ड रुकुमको विषयलाई लिएर रुकुमेली जनता बिभाजित भएका छन् ।

सदरमुकाम मुसीकोटका जनता अखण्ड रुकुमलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख व्यापारिक केन्द्र चौरजहारीका केही जनता भने अखण्ड रुकुमलाई ६ नम्बर प्रदेशमा राख्नुपर्ने पक्षमा छन् ।

प्रदेशको सीमांकन गर्दा रुकुमलाई टुक्राइएको विरोधमा १६ औं दिनदेखि आन्दोलनरत रुकुमेलीहरुले सदरमुकामलाई नाकाबन्दी गरेका छन् । गाउँलेहरुले तरकारी र दूध सदरमुकाममा पठाउन बन्द गरेका छन् ।

रुकुमको पश्चिमी भागलाई ६ नम्बर प्रदेशमा र पूर्वी भागलाई ५ नम्बर प्रदेशमा राखिएपछि रुकुमेली जनताले आन्दोलन चर्काउँदै लगेका छन् ।

एकीकृत रुकुम संघर्ष समिति गठन गरी आन्दोलनरत रुकुमबासिले सिंगो रुकुमलाई ५ नम्बर प्रदेशमा राख्न माग गरेका छन् । आन्दोलन चर्काउँदै लगेपछि स्थानीय प्रशासनले हिजोदेखि जारी गरेको निषेधाज्ञा आज पनि कायमै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी