इलाममा कम्पोस्ट प्लान्टबाट मल उत्पादन सुरु

इलाममा कम्पोस्ट प्लान्टबाट मल उत्पादन सुरु

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ईलाम ।

इलाम नगरपालिकामा निर्मित कम्पोस्ट प्लान्टबाट प्राङ्गारिक मल उत्पादन गर्न सुरु गरिएको छ । प्लान्टका १६ वटा च्याम्बरबाट मल उत्पादन सुरु गरिएको हो ।

नगरपालिकाले हप्ताको दुईपटक ५०० देखि ७०० किलो फोहर उपलब्ध गराउने गरी जागृति नेपाल नामक गैरसरकारी संस्थासँग सम्झौता गरेको थियो ।
उक्त संस्थाले नगरपालिकालाई वार्षिक २५ हजार भाडा तिर्ने गरेको छ ।

कम्पोस्ट प्लान्टसम्म पुग्ने सडकको अवस्था दयनीय रहेको छ । सडकको अवस्था नसुध्रिँदा नगरपालिकाले फोहरलाई सोझै ल्यान्डफिल्ड साइटमा फाल्दै आएको छ ।

च्याम्बरमा फोहर हालेको दुई÷तीन महिनामै मल उत्पादन हुने भए पनि नगरपालिकाले आवश्यक फोहर नदिदा च्याम्बर खाली हुने अवस्थामा पुगेको छ ।
उत्पादन भएको जैविक मल २५ देखि ३५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।

प्याकिङ गरेर बिक्री गर्ने तयारी गरेका छौ संस्थाका सदस्य गोपाल पौडेलले भन्नुभयो । नगरपालिकाले सम्झौता बमोजिमको सड्ने फोहर दिने हो भने धेरै मल उत्पादन हुने उहा“को भनाइ छ ।

विभिन्न सहकारी संस्था र किसानबाट मलको माग आएको छ पौडेलले भन्नुभयो । सिमेन’ आयोजनाको सहयोगमा २१ लाख ६२ हजारको लागतमा निर्मित सो कम्पोस्ट प्लान्ट निर्माण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी