भोजपुरका किसानहरु किवी खेतितर्फ आकर्षित 

भोजपुरका किसानहरु किवी खेतितर्फ आकर्षित 

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 26.8K
    SHARES

भोजपुर ।

पछिल्लो समय भोजपुरका किसानहरु नयँ“ खेती तर्फ आकर्षित हु“दै गएको पाईएको छ ।
पहिले धान, मकै, कोदो जस्ता बाली मात्र लगाउने किसानहरु आज भोली किवी, सतुवा, चिराईतो, जैतुन लगायतका नया खाले खेति गर्न थालेका हुन् ।

आम्तेक गाविसकी चन्द्रकला राईले ५ रोपनी बारीमा किवी लगाएकी छिन् । दोलखाको चरिकोट पुगेर उहा“ले ६ सय रुपैँया प्रतिगोटाको दरले विरुवा किनेर लगाएको किवीले यो वर्षबाट उत्पादन दिन थालेको छ ।

उहा“ले नया खेतिको रुपमा ३ वर्ष अगाडि किवी फललाई व्यवसायिक खेतिको रुपमा भित्राएकी हुन् । अहिले किवीको बजार मुल्य ग्रेडिङ्गको आधारमा ३ सय देखि ६ सय रुपैँयासम्म रहेको किवी व्यवसायी राईले बताईन ।

राई मात्र नभएर खावा गाविसका बमबहादुर विष्ट र नागीका नवराज राईले व्यवसायिक रुपमै किवी लगाएका छन् ।

गएको वर्ष उनीहरुले संयुक्त रुपमा किवी लगाएका हुन् । उनीहरुले झण्डै ४० रोपनी जग्गामा किवी लगाएका छन् । किवीको बजार राम्रो देखेकोले हामीले पहिले गर्दै आएको खेति हटाएर किवी खेति थालेका हौ बमबहादुर विष्टले भन्नुभयो ।

त्यसैगरी साङ्गपाङ्ग गाविस ६ का प्रेमदोर्ची शेर्पाले परम्परागत आलु खेति हटाएर आफनो सबै जग्गामा चिराईतो र सतुवा लगाएका छन । उहा“को सतुवा खेति पनि जिल्लाकै नया“ खेति हो ।
माटोको अम्लियपना बृद्धिसंगै धान, मकै, कोदो लगायतका कृषि बालीमा परिश्रम अनुसारको उत्पादन हुन छाडेपछि कृषकहरु नया“ नया“ बाली परिवर्तन गर्न थालेका छन ।

नया बाली लगाउ“दा खेति गर्न उत्साह समेत हुने गरेको र परम्परागत खेतिले भन्दा बढि आम्दानी दिने गरेको कृषकहरु बताउ“दै आएका छन ।

जिल्ला कृषि विकास कार्यालयले पनि केही वर्ष यता नया“ नया खेतिमा कृषकको चासो हुने गरेको भोजपुरका वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी