काठमाडौ ७ भदौ ।
गएराति अज्ञात समूहले विराटगर १७ स्थित एनएन प्लाष्टिक उद्योगलाई लक्षित गरी सुतली बम बिष्फोट गराएका छन् ।
विराटनगर रानी सडकखण्ड अन्तर्गत प्लाष्टिक उद्योगको पूर्वी गेटमा मोटरसाइकलमा आएका २ जनाले बम फालेर भागेको प्रहरीले जनाएको छ ।
बिष्फोटबाट उद्योगमा भने कुनै क्षति नपुगेको सञ्चालक सुयस प्याकुरेले बताउनुभयो । बम प्रहार गर्ने दुई जनाको खोजी कार्य भइरहेको मोरङका प्रहरी प्रमुख सारंग प्रसाद लम्सालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline