डा. केसी आजबाट छैटौ पटक अनशनमा बस्दै

डा. केसी आजबाट छैटौ पटक अनशनमा बस्दै

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ७ भदौ । 

चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको विकृति तथा उपकुलपति नियुक्तिका सम्बन्धमा हुने गरेको भागभण्डाका विरुद्धमा शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ हाडजोर्नी डा. गोविन्द केसी आजबाट छैटौ पटक आमरण अनशनमा बस्नु हुनेभएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको विकृति, डा. केदारभक्त माथेमा नेतृत्व कार्यदलको प्रतिवेदन कार्यन्वयन तथा त्रिवि लगायत विश्वविद्यालयमा उपकुलपति सिफारिसमा हुने राजनितिक भागभण्डाको विरोधमा डा. केसी आज अपरान्न ४ बजेबाट अनशनमा बस्न लाग्नु भएको हो ।

डा केसीले अघिल्लो अनशनका क्रममा सरकारसँग भएको सम्झौता कार्यन्वयनको माग समेत गर्नु भएको छ । गत साउ ८ मा अल्टिमेटम दिएयता मात्रै तीनपटकसम्म मिति सारेर समय दिदा पनि आफ्नो माग पूरा गर्न सरकार गम्भिर नभएको डा. केसीको आरोप छ ।

डा. केसीले अघिल्लो अनशनका क्रममा भएको सम्झौता अनुसार गठित हरिबाबु भट्टाराई संयोजकत्वको छानबिन समिति सक्रिय गराउनुपर्ने र काठमाडौ विश्वविद्यालयले अवैध रुपमा दिएको सम्बन्धन खारेजको सम्झौता कार्यन्वयन गर्न पनि माग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी