काठमाडौं, ६ भदौ ।
ब्यबस्थापिका संसदको कृषि समितिले भू–उपयोग नीति २०७२ को मस्यौदा समयानुकूल नभएको भन्दै परिमार्जन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको समितीको बैठकले आन्तरिक बसाई सराई, अव्यवस्थित र अनियन्त्रित बसोबास तथा शहरीकरणका कारण कृषियोग्य भूमि घट्दै गएको, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको भन्दै समस्यालाई सम्बोधान गर्ने गरी मस्यौदा तयार पार्न समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिले कृषियोग्य भूमिको संरक्षण र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline