काठमाण्डौ,६ भदौ ।
बाकेमा संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला दहन गरेका छन ।
नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन ।
सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले जमुनाह, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका ठाउँमा प्रधानमन्त्रीको पुत्ला सहितको जुलुस निकालेर जमुनाह र त्रिभुवन चोकमा जलाएको हाम्रा सहकर्मीले जनाएका छन ।
बिगत १२ दिनदेखीको बन्दले नेपालगन्ज, कोहलपुर, खजुरा लगायतको क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
यसैबीच , बर्दियामा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । आन्दोलनकारीले बर्दिया जिल्ला प्रशासन कार्यालयमा ‘थरुहट स्वायत्त प्रदेश’ लेखेको ब्यानर टास्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपमा २ प्रहरी सहित एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका । जबरजस्ती जिल्ला प्रशासन कार्यालयमा ब्यानर टाँस्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।
बर्दियाको अबस्था अहिले तवाबग्रस्त रहेको हाम्रा सहकर्मीले जनाएका छन । बर्दियामा बिगत १३ दिनको बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।