दोलखा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प

दोलखा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,६ भदौ ।

दोलखालाई केन्द्रबिन्दु बनाएर आज दिउसो गोरखा भुकम्प पराकम्प गएको छ । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४७ मिनेटमा ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसको धक्का काठमाडौं उपत्यका सहित मध्य नेपालमा महसुस गरीएकोे छ । डेढ महिनायता ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । यसअघि गत जुलाई २ मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

यसअघि शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । वैशाखको १२ गतेको बिनासकारी भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड भन्दा माथिका ३ सय ८१ वटा पराकम्प गएका केन्द्का प्रमुख लोकबिजयी अधिकारी जानकारी निदुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी