सल्यान,६ भदौ ।
नेपाल आदिवासी जनजाती महासंघले गरेको बन्दका क्रममा सल्यानमा पत्रकारमाथी दुव्र्यवहार भएको छ । रेडियोको कामको शिलसिलामा थारमारेबाट फर्किने क्रममा रेडियो तहल्काका बजार व्यवस्थापक तथा समाचार वाचक विरेन्द्र डिसीलाई अपमानजन व्यवहार गरिएको हो ।
पत्रकार विरेन्द्र डिसीले परिचयपत्र देखाउदा पनि कुन संचार माध्याममा कहिले देखि काम गरेको हो, यस्तो कार्ड त सबैले बोकेका हुन्छन, कुन काममा हिडेको, किन हिडेको भन्दै बन्दकर्ताले रोकेका थिए । आदिवासी जनजाती महासंघ सल्यानका अध्यक्ष डिल्ली घर्तीको नेतृत्वमा रहेको टोलीले पत्रकार डिसीलाई दुव्र्यवहार गरेको हो ।
पत्रकार डिसीले स्टेशन मेनेजर र म रेडियोको कामको शिलशिलामा थारमारेबाट आउदै छौं हिजो आउन अबेला भयो, पेट्रोल सकिदैछ, माथिल्लो पम्प बन्द रहेछ, मेनेजर माथिल्लो पेट्रोल पम्पमा हुनुहुन्छ म तल्लो पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल हाल्न जान्छु विश्वास लाग्दैन भने उहाँलाई बोकेर आउछु भन्दा बन्दकर्ताले स्टेशन मेनेजरलाई समेत बोलाउन लगाएका थिए ।
स्टेशन मेनेजर डिल्लीराज रावत १० मिनेटको चर्को धुपमा मोटरसाइकल कब्जा गरि रोकेको ठाउँमा पुग्दा आदिवासी जनजातीका अध्यक्ष डिल्ली घर्तीले पत्रकारका नाममा व्यापार गर्ने, बम बारुद बोक्ने, जासुसी गर्ने पनि हुन्छन भनेर सोधिखोजि गर्न खोजेका थिए । बन्दकर्ता मध्येकै एकजनाले पत्रकारलाई पनि बन्दमा नछोडिने बताएका थिए ।
अध्यक्ष घर्तिले बन्दको रिपोर्टिङ्गमा आएकालाई मात्र छोडिने अरुलाई नछोडिने भनेका बेला स्टेशन मेनेजर डिल्लीराज रावतले बन्दको मात्र भन्दा पनि सिङ्गो रेडियोमा सबै समाचारको रिर्पोटिङ्ग हुने र सामान्य अवस्थामा नेपाल बन्दको प्रभाव सल्यान पनि पर्यो भनिने तर तपाई बन्दका लागि जतिजना सहभागि हुनुहुन्छ सबैको नाम रेडियोबाट नआउने बताउदै ६ बर्ष सम्ममा विभिन्न मिडियामा काम गरि अहिले हाम्रो रेडियोमा काम गरिरहेका पत्रकार माथि तपाइहरुले जुन दुव्र्यवहार गर्नुभयो त्यसको रिपोटिङ्ग हुने बताएका थिए ।
आजै सल्यानलाई मगरात प्रदेशमा राख्नुपर्छ भनी बन्दमा क्रियाशिल नेपाल मगर संघका अध्यक्ष कलिराम घर्तीसंग भेटी यसबारेमा कुरा गर्दा अध्यक्ष घर्तिले समाचारमा आफ्ना गतिविधिलाई ठाउँ नदिने भएकाले साथीहरु आक्रोसित भए होलान म साथिहलाई कुरा गरुला भनेका थिए ।
रेडियो तहल्काका स्टेशन मेनेजरले हामीले कुनैपनि व्यक्ति संस्थालाई ठाउँ नदिने गरि गतिविधि गरेका छैनौं बरु तपाईहरुका राम्रा कामको प्रचार प्रसारमा सहयोग गरेका छौं भनेका थिए ।