काठमाडौं, भदौ ६ ।
सरकारले फोहोर मैला व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकमा विश्वमणी ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले फोहोर मैला व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले राष्ट्रिय दलित आयोगमा रिक्त दुई सदस्यमा गोविन्द सुनुवार र मञ्जित तम्राकारलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
यस्तै बैठकले विभिन्न राष्ट्रबाट प्राप्त भएको ऋण तथा अनुदान सहयोग स्वीकृत गर्नका लागि सरकारी समिति समेत गठन गरेको प्रबक्ता रिजालले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline