संयमित भएर अभिव्यक्ति राख्न नेम्वाङको आग्रह

संयमित भएर अभिव्यक्ति राख्न नेम्वाङको आग्रह

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,६ भदौ ।

सभामुख सुवास नेम्वाङले सांसदहरूलाई संयमित भएर आफ्ना अभिव्यक्ति सदन समक्ष प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा सुरुमै समय लिएर बोल्ने केही सांसदले उत्तेजित हुँदै अमर्यादित ढंगले विभिन्न दलका नेता तथा सांसदविरुद्ध नाम नै किटेर आक्षेप लगाएपछि सभामुख नेम्वाङले संयमित भएर आफ्ना अभिव्यक्ति राख्न सभासदलाई आग्रह गर्नुभयो ।

थरुहट तराई पार्टी नेपालका गंगा चौधरीले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र नेकपा (एमाले)का सांसद भीम रावलविरुद्ध आक्रोश पोखेपछि सभामुखले भन्नुभयो ‘उत्तेजित हुनु हुँदैन, असंयमित हुँदा राम्रो सन्देश जाँदैन, सडकमा जारी असंयमता मत्थर पार्ने हामीले असन्तुलित मन्तव्य दिँदा हामी आफैले बनाएको संसदीय नियमावली विपरीत हुन्छ ।’

साथै सभामुखले नेताद्वय देउवा र रावलको नाम व्यवस्थापिका संसद्को ‘रेकर्ड’बाट मेटाउन संविधानसभा व्यवस्थापिका संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी