बन्दकर्र्ताबिना ताप्लेजुङको बजार ठप्प

बन्दकर्र्ताबिना ताप्लेजुङको बजार ठप्प

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

६ भाद्र ताप्लेजुङ ।

नेपाल आदिवासी जनजाती महासंघले नामाङ्कन बिनाको प्रदेश, पहिचानलाई सम्बोधन नगरेको,सिमाङ्ककन र राज्य पुर्नसंरचनाको विरोधमा आव्हान गरेको बन्दको प्रभाव ताप्लेजुङको फुङलिङ बजार बन्दकर्ताबिना बिहानदेखि ठप्प छ ।

बजारका सरकारी कार्यालय फाटफुट खुलेपनि बन्दका कारण सेवाग्राहीको उपस्थिति खासै छैन । तर शिक्षण संस्था, यातायातका साधन र पसलहरु पूर्ण रुपमा ठप्प छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले १ दिनअगाबै बन्दको जानकारी र बन्दमा सहयोग गरिदिन आग्रह गरेको र जिल्लामा आदिवासी जनजातीको बाहुल्यता रहेको हुनाले बन्द स्वस्फुर्त रुपमा ठप्प भएको हो ।

बन्दको आव्हान गरेको नेपालआदिवासीजनजातीमहासंघका बनदकर्ता बजारको कुनै पनि स्थानमा देखिएका छैनन् तर बजार पूर्ण रुपमाबन्द छ । बन्दभोली पनि जारी रहने बताईएको छ ।

लाखेजात्रालाई बन्दले प्रभावपारेन

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुरु लाखेजात्रा र कञ्चनजंघा च्यालेन्ज रनिङ कपलाई भने आदिवासी जनजाती महासंघको बन्दले खासै प्रभाव पारेको छैन ।

सदरमुकाम फुङलिङ बजारम सधाझैँ लाखेर्पूिर्णमाको अवसर पारेर लाखेजात्रा र कञ्चनजंघा च्यालेन्जरनिङ कप संचालनगरिन्छ ।

सोही अनुरुप यसपालपनि लाखेजात्राको अवसरमा अन्र्तराष्ट्रिय कञ्चनजंघा च्यालेन्जरनिङ कप आजबाट शुरु भएको हो । अन्र्तराष्ट्रिय कञ्चनजंघा च्यालेन्ज रनिङ कपको समापनभाद्र १२ गते हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ