संविधान सभाको बैठक आज बस्दै,मस्यौदा विधेयक पेश हुने

संविधान सभाको बैठक आज बस्दै,मस्यौदा विधेयक पेश हुने

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ६ भदौ । 

संविधान सभाको बैठक आज बस्दैछ ।

साँझ ६ बजेपछि बस्ने आजको बैठकमा संविधानको मस्यौदा समितिले तयार पारेको मस्यौदा विधेयक पेश गर्ने कार्यसुची रहेको छ ।

बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

संविधानको अन्तिम विधेयक प्रतिवेदन आज नै अध्ययनका लागि सभासदहरुलाई वितरण गर्ने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ ।

संविधान सभामा मस्यौदा विधेयक प्रस्तुत भएको १५/२० दिनभित्रमा नयाँ संविधान जारी गर्ने तयारीका साथ प्रक्रिया अघि बढेको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेमवाङले जानकारी दिनुभयो । आगामी भदौ मसान्त सम्ममा नयाँ संविधान जारी हुने नेताहरुको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ