काठमाण्डौ, ५ भदौ ।
कैलालीको दुर्गौली, ९ तौरहियापुरमा अखण्ड सुदूर पश्चिम र थरुहट पक्षधरबीच झडप हुँदा १७ जना घाइते भएका छन् ।
लम्कीबाट अखण्ड सुदूर पश्चिमको माग गर्दै निकालेको मोटरसाइकर्ल याली टिकापुरतर्फ जाँदै गर्दा दुर्गौली,९ तौरहियापुरमा थरुहटका प्रदर्शनकारीले रोकेपछि झडप भएको थियो । झडप परी ३ जना प्रहरी र १४ जना प्रदर्शनकारी घाइते भएका छन् ।
ढुंगा लागेर घाइते भएका प्रहरी जवान रमेश खड्काको मेडिकल कलेज कोहलपुरमा, आँखामा चोट लागेका प्रहरी जवान पदमबहादुर बोगटीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने प्रहरी जवान बिष्णु भण्डारीको खुट्टामा सामान्य चोट लागेको छ ।
घाइते भएका अखण्ड सुदूर पश्चिम पक्षधर १४ जना प्रदर्शनकारीको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline