सहमतिको माध्यमबाट सबै दल मिलेर जनताको माग सम्बोधन गरिनुपर्छ : मन्त्री सिंह

सहमतिको माध्यमबाट सबै दल मिलेर जनताको माग सम्बोधन गरिनुपर्छ : मन्त्री सिंह

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, ५ भदौ ।

उपप्रधानमन्त्री एवम्  संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह फिजीको ६ दिने भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ ।

एसिया प्रसान्त क्षेत्र एकीकृत ग्रामीण विकासको सम्मेलनमा सहभागी भई शनिबार अपरान्ह स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले एक देशमा लागु गरिएको कार्यक्रम अर्को देशमा कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिनुभयो ।

उहाले सम्मेलनमा स्थानिय विकासको क्रममा एकीकृत विकास गर्नका लागि नेपालले अपनाएको नीतिको बारेमा जानकारी गराएको समेत बताउनुभउको छ ।

संविधान निर्माणका क्रममा सात प्रदेशको सहमति भएको सन्दर्भमा सिंहले संवाद र सहमतिको माध्यमबाट सबै दल मिलेर जनताको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका सिंहले काँग्रेसको महाधिवेशनको बारेमा केन्द्रीय समिति बसेर निर्णय लिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ