काठमाडौ ५ भदौ ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधान सभाको औचितय समाप्ति भइसकेको दावी गर्दै सर्वपक्षीय राजनितिक सभा गर्न माग गरेको छ ।
अध्यक्ष वैद्यले आज एक विज्ञाप्ती जारी गर्दै संविधान सभा भित्र र बाहिर रहेका सबै राजनितिक दल सहित आन्दोलनरत पक्षको सहभागितामा राजनितिक सभा गर्नुपर्ने आवश्यक भइसकेको बताउनु भएको छ ।
चार दलले १६ बुँदे सहमति गरी प्रतिगामी खालको संविधान निर्माण गर्न खोजेको आरोप लगाउनु हुदै अध्यक्ष वैद्यले यसले कुनै पनि वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्न नसक्ने जिकिर गनुभयो ।
राजनितिक सभाको प्रस्तावलाई गम्भिरता पूर्वक नलिइ जबरजस्ती संविधान जारी गरे देश पुनः द्धन्द्धमा जाने भन्दै माओवादीले सरोकारवाला दल र सम्बन्धीत पक्षसँग अबिलम्ब सम्वाद गरी राजनितिक निकास निकाल्न अपिल गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline