सप्तकोशी नदीमा पानीको बहाव बर्षकै उच्च, २५ वटा ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव बर्षकै उच्च, २५ वटा ढोका खोलिए

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सुनसरी, ५ भदौ ।

केहि दिनदेखि लगातार परेको बर्षाका कारण देशका बिभिन्न स्थानका खोला तथा नदीहरुमा पानीको सतह बढेको छ । भने बिभिन्न स्थानमा पहिरोजादा बस्ती हरुनै उच्च जोखिममा परेका छन् ।

पानीको बहाव बढेसँगै नदी आसपास बसोबास गर्ने स्थानीयहरु समस्यामा परेका छन् । देशको पहाडी जिल्लामा ५ दिनदेखि लगातार बर्षा भएईरहेको छ ।

यसैक्रममा ,सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर यस बर्षकै उच्च पुगेको छ । अहिले २५ वटा मात्र ढोका खोलिएको छ ।

नदीमा पानी बढेपछि ब्यारेजमा खतराको संकेत रातो बत्ती बाली एकतर्फी सवारी चलाइएको छ । प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिन्छ ।

कोशी व्यारेजमा आज बिहान सात बजेको मापनमा भने बहाव १ लाख ९१ हजार ४ सय ८० मा छ । शुक्रबार राती १० बजे गरिएको मापनमा नदीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ८ सय ९८ क्यूसेक पुगेको थियो ।

गए राती ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएकोमा थिए । लगातार वर्षा भएकाले ६ दिन यता नदीमा पानीको बहाव बढ्ने क्रम नरोकिएको हो ।

सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी सप्तकोशीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छ ।
प्रशासनले ६ दिन यता यस क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ भने स्थानीयलाई सचेत गराइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ