काठमाण्डौ,४ भदौ ।
तिन दलका शीर्ष नेताबिच सात प्रदेश बनाउने सहमती भएको छ । प्रमुख दलका शिर्ष नेता सम्मलीत बिशेष सहमतीको बैठकले ७ प्रदेश बनाउने सहमती गरेको हो ।
संबाद समितिका सभापति डा बाबुराम भट्टराईले दिएको जानकारी अनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत र ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला र भूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश बनाइएको छ ।
कर्णालीलाई सुदूरपश्चिममा गाभेकोमा स्थानीयबाट चर्को विरोध हुँदै आएको छ । त्यसैगरी मध्यपश्चिमलाई टुक्राएर दुईवटा प्रदेशमा मिसाएकोमा पनि आन्दोलन भइरहेको छ। ७ प्रदेशको सघियतामा आफना माग नसमेटिएको भन्दै असहमती जनाएको छ ।
चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम (लोकतान्त्रिक) चार दलीय मोर्चाबाट अलग हुने बताएको छ । यसबारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लोकतान्त्रिकले पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
शीर्ष तहबाट सहमति भएपछि संविधानको विधेयकलाई आजै पूर्णता दिने तयारीमा कार्यदल छ । मस्यौदा समितिको विशेष कार्यदल पनि सिंहदरबारमा बिहानदेखि बसिरहेको छ । कार्यदलका संयोजक तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले शीर्ष तहमा टुंगिनासाथ कार्यदलले विधेयकको मस्यौदालाई अन्तिम रुप दिने बताउनु भयो ।