संविधान निर्माण भदौभन्दा पर जाँदैन : रिजाल

संविधान निर्माण भदौभन्दा पर जाँदैन : रिजाल

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ४ भदौ ।

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणको काम भदौ मसान्तभन्दा पर नजाने दाबी गर्नु भएको छ ।

लायन्स क्लब ३२५ ए वानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले मस्यौदा समितिले आजभोलिमा नै मस्यौदा सभामुख समक्ष बुझाउने र त्यसमा सैद्धान्तिक छलफलपछि विधेयक संशोधनका लागि संविधानसभामा छलफल गर्ने काम अगाडि बढ्ने भएकाले भदौ मसान्त पर नजाने बताउनु भयो ।

उहाँले सके सर्वसम्मतबाट अन्यथा दुई तिहाइबाट भए पनि देशलाई निकास दिन आवश्यक रहेको भन्दै आन्दोलनभन्दा पनि छलफल र वार्ताबाट निकास खोज्न विपक्षी दललाई आग्रह गर्नुभयो ।  कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका डिट्रिक गभर्नर लायन सुनिलभक्त श्रेष्ठले क्लब सेवाको भावनाका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँले सन् १९१७ मा अमेरिकामा स्थापना भएको क्लब अहिले विश्वका २१० मुलुकमा फैलिएको र १४ लाख सदस्य यसमा आबद्ध भएको जानकारी दिनुभयो । क्लबले देशमा हुने गरेको रगत अभावलाई मध्यनजर राख्दै त्रिभुवन विश्वविद्यालयले उपलब्ध गरेको तीन रोपनी जग्गामा रु एक करोड २५ लाखको लागतमा रक्तसञ्चार केन्द्र स्थापना गर्न लागेको छ ।

भूकम्पले गरेको क्षतिलाई मध्यनजर राखी क्लबले राहत सामग्रीमा रु एक करोड खर्च गरिसकेको र पुनःनिर्माणमा रु ४० करोडभन्दा बढी रकम खर्च गरिने जनाएको छ । पुनःनिर्माणमा खर्च गरिने रकमबाट एक हजार घर र तीन सय विद्यालय निर्माण गरिने लायन्सले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ