गच्छदारद्धारा विशेष समिति बैठक बहिष्कार

गच्छदारद्धारा विशेष समिति बैठक बहिष्कार

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,४ भदौ ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले विशेष समितिको बैठक बहिष्कार गरेको छ ।

प्रस्तावित सीमांकनमा कैलाली कन्चनपुर र झापा, मोरङ, सुनसरीलाई पहाडसँग मिसाउन नहुने अडान राख्दै आएकोे सो पाटीले प्रस्तावित सात प्रदेशको नयाँ सीमांकनमा समेत आफ्नो माग सम्बोधन नभएको भन्दै विशेष समिति बैठक बहिष्कार गरेको हो ।

विशेष समितिको बैठकमा प्रमुख तीन दल कांग्रेस,एमाले र एकिकृत माओबादी संवाद समितिमा दर्ता गराएको ७ प्रदेशको प्रस्तावमा सहमति नजिक पुगे पनि असन्तुष्टि जनाउदै लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदार बैठक बहिस्कार गरेको घोषणा गर्दै बाहिरीनु भएको हो ।

रेडियो मिरमिर्रसंग कुरा गर्दै सो पाटीका महासचिव रामजनम चौधरीले शीर्ष नेताहरुलाई अध्यक्ष गच्छदारले आजदेखि चारदलीय गठबन्धनमा नरहेको जानकारी दिंदै बाहिरिनु भएको बताउनु भयो । महासचिब चौधरीले ४ बजे सिंहदरबारस्थित संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गरी ४ दलिय गठबन्धनबाट अलग्गिएको घोषणा गर्ने जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ