पुन :निर्माणका लागि एडिबीको २० करोड डलर सहयोग

पुन :निर्माणका लागि एडिबीको २० करोड डलर सहयोग

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ,४ भदौ ।

एसियाली विकास बैंक एडिबीले सरकारलाई २० करोड डलर सहायता ऋण प्रदान गर्ने भएको छ । बैशाख १२ गतेको बिनासकारी भूूकम्पपछि नेपालको पुननिर्माणका लागि एडिबीले २० करोड डलर सहायता ऋण प्रदान गर्ने भएको हो ।

एक कार्यक्रमकाबिच अर्थमन्त्रालयमा आज नेपालका तर्फबाट अर्थ मन्त्रालय अन्तर्गत अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा मधु मरासिनी र एडिबीका नेपाल प्रमुख केनिची योकोयामाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । एडिबीले पुननिर्माण प्राधिकरणमार्फत सो रकम खर्च गर्ने गरी आकस्मीक सहयोग परियोजनाका लागि रकम प्रदान गरेको हो ।

अर्थमन्त्रालयका अनुसार सो परियोजना अन्तर्गत सार्वजनिक तथा सामाजीक संरचना पुनस्निर्माणका लागि ४ चरणमा काम गरिनेछ । पहिलो चरणमा भूकम्प प्रभावित विद्यालय पुननिर्माण र आधारभूत सुविधासहित कम्तिमा ७ सय विद्यालय भवन निर्माण हुने ,दोश्रो चरणमा भूकम्पले क्षति र्पुयाएका ग्रामिण भेगको सडकको निर्माण तथा मर्मतसम्भार गरिनेछ ।

तेश्रो चरणमा भूकम्पले प्रभावित भएका जिल्ला स्तरीय सरकारी कार्यालयका भवन निर्माण गरिने र अन्तिम चरणमा विपद व्यवस्थापन र यसको पूर्वतयारीसम्बन्धी क्षमता अभिवृद्धि गरिने अर्थमन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी