काठमाडौं, ४ भदौ ।
प्रदेशको समिांकन लगायतका विषयमा असन्तुष्टी जनाउदै विभिन्न राजनितिक दल तथा संघ संगठनले आह्वान गरेको बन्दका कारण मुलुकका विभिन्न स्थानको जनजीवन अस्तव्यस्त बनेको छ ।
लामो समयदेखिको बन्दका कारण राजधानी बाहिरका अधिकांश जिल्लाको जनजीवन कष्टकर बनेको छ । आठ दिन देखिको बन्दले पूर्वी तथा मध्य तराईका आठ जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
संघीय समाजवादी फोरम, सद्भावना लगायतका मधेशबादी दलले आह्वान गरेको बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको जनजीवन बढी प्रभावित बनेको हो ।
बन्दका कारण यातायात तथा शिक्षण संस्था सन्चालनमा आउन सकेका छैनन् भने र बजार तथा कलकारखना ठपप रहेका छन् । बन्दकर्ता तथा दलका कार्यकर्ता आज बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन ।
यस्तै ११ दिन देखिको बन्दका कारण बर्दियाको जनजीवन पनि प्रभावित भएको छ । बर्दियाको खैरी चन्दनपूरमा थरुहटका कार्यकर्ताले आज बिहान एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
उता भैरहवामा भने आज स्थानीयबासीले स्वस्फुर्त रुपमा बजार पसल तथा यातायात खुलाएका छन् । प्रदर्शनकारी र बन्दको विरोधमा उत्रिएका समुहबीचको झडपका कारण हिजो दिनभर भैरहवा तनावग्रस्त बनेको थियो ।
उता, सप्तरीमा प्रहरीको गोली लागी मृत्यु भएका राजिव राउतप्रति आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभालाई मोधेसी मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै संघीय मधेसी मोर्चाले पनि पूर्वको झापादेखि पर्सासम्मका जिल्ला बन्द आह्वान गरेको छ । बिभिन्न दल र संगठनले गरेको बन्दका कारण पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।