देशका विभिन्न नदी र खोलामा जलस्थर बढ्यो

देशका विभिन्न नदी र खोलामा जलस्थर बढ्यो

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ४ भदौ ।

रातभरीको अविरल वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलस्थर बढेकोे छ ।

काठमाडौंमा बागमती नदीमा राति २ बजेदेखि आएको बाढी सुकुम्बासी बस्तीमा पसेपछि नदी किनार आसपासका करिब ३५ परिवार विस्थापित भएका छन् ।

मोरङको मधुमल्लाहम लगातारको बर्षापछि बक्राहन नदिले तटबन्ध बगाउदा ८५ घर परिवार विस्थापित भएका छन ।

उता बर्दियाको बबई नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढिरहेकाले उच्च सतर्कता अपनाउन र आफ्ना सामान सुरक्षित तरिकाले राख्न नदी आसपासका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुवरले बबई नदीमा पानीको बहाव बढ्दै गउकाले तटिय क्षेका बासिन्दालाई सतर्क रहन निर्देशन दिइएको बताउनुभयो र

गत बर्ष साउन ३० गते ववई नदीमा भिषण बाढी आउदा  ३१ जनाको ज्यान गएको थियो भने करिब ९३ हजार जनता विस्थापित भएका थिए ।

अविरल बर्षासंगै कन्काई,  सप्तकोशी, कमला, नारायणी लगाएतका नदीहरुमा जलस्थर बढेकाले आसपासका  वासिन्दालाई सचेत रहन जल तथा मौसम पुर्वानुमान महासाखाले समेत आग्रह गरेको छ ।

भोलि पनि पानी पर्ने र पर्सिदेखि मौसममा केहि सुधार आउने मौसमविद् समिर श्रेष्ठको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी