काठमाडौं, ४ भदौ ।
लगातार बन्दका कारण पुर्वपश्चिम राजमार्ग प्रभावित भएको छ ।
सीमाकंनको विरोधमा ११ दिनदेखि सुदूरपश्चिम, मध्यपश्चिम र कर्णालीका विभिन्न ठाउँमा बन्द हुँदा पूर्व पश्चिम राजमार्गमा चल्ने गाडीको संख्या निकै न्यन रहेको ट्राफिक प्रहरीले जनाएका छन् ।
पूर्व पश्चिम राजमार्गमा गाडी कम चल्दा त्यसको प्रभाव देशभरी नै परेको छ । तराईका २२ जिल्लामा बन्द भएपछि प्रहरीले स्कटिङ गरेर गाडीलाई एक ठाउँबाट अर्को ठाउँमा आवातजावत गराइरहेको भएपनि बाहिरको जिल्ला बन्द हुदा काठमाडौं भित्रने र बाहिरिने गाडीको संख्या समेत घटेको छ ।
विगतको तुलनामा अहिले ४० प्रतिशत गाडी मात्रै उपत्यका भित्रने र बाहिरिने गरेको नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराइले बताउनुभयो । उहाँका अनुसार तराईका जिल्लामा बन्द भएपछि भित्रने र बाहिरिने गाडीको संख्या दिनदिनै घट्दै गएको छ ।