काठमाडौ ४ भदौ ।
सिमांकन लगायतका विषयमा सहमति जुटाउन केहीदिन यता निरन्तर छलफलमा रहेका प्रमुख दलहरु आजपनि छलफलमा जुट्दैछन् ।
संविधानको विधेयक तयार पार्न संविधान सभाले दोस्रो पटक थप गरेको समयसीमा आज सकिनै लाग्दा दलहरु छलफलमा जुट्न लागेका हुन् ।
त्यसका लागि प्रमुख दलका शिर्ष नेता सम्मिलित उच्चस्तरीय विशेष समितिको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ
पछिल्लो पटक प्रधानमन्त्री सुशिल कोइराला अनुपस्थित हुनु भएकाले विादित विषयमा सहमति जुट्न नसकेको अन्य दलले आरोप लगाएका छन् ।
दलहरुबीच प्रदेशको सिमांकन, धर्म सम्बन्धी प्रावधान र थ्रेसहोल्डको प्रतिशत लगायतमा सहमति जुट्न बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline