काठमाण्डौ,३ भदौ ।
नेपाली कांग्रेस पाटी कार्यालय कास्कीमा आज काग्रेसकै कार्यकर्ताले तालाबन्दी गरेका छन ।
नेता राम जी बादलको हत्यामा संलग्नलाई कारवाहीका लागि आवश्यक पहल नगरेको भन्दै कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।
पार्टीबाटै संरक्षित गुण्डाहरुले लेखनाथ कांग्रेसका प्रभावशाली नेता रामजी पौडेल हत्या गरिएको तर हत्यारालाई पक्राउ र कारवाहीका लागि नेतृत्वले नै असहयोग गरेको भन्दै उनीहरुले कार्यालयको दुवैतर्फको गेटमा ताला लगाएका छन ।
उनीहरुले निष्पक्ष छानविन आयोग गठनको समेत माग गरेका छन । पौडेलको साउन २८ गते बिहिबार राति तरुण दलका कार्यकर्ताले हत्या गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline