काठमाण्डौ,३ भदौ ।
सभामुख सुवास चन्द्र नेम्वाङले मधेस आन्दोलनमा प्रदर्शनका क्रममा मृत्यु भयो भने परिवारलाई ५० लाख रुपैया दिने भनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको निर्णयबारे संसदलाई अबिलम्ब यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
ब्यबस्थापिका संसदको आजको बैठकमा सभासदहरुले सो निर्णय आतंकवादी र जनताको अपमान गर्ने खालको भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख नेम्वाङले गृहमन्त्रीलाई रुलिङ गर्नुभएको हो ।
यसअघि मधेसी मूलका सभासदहरुले मोर्चाका नेताहरुबाट मधेसी जनताको अपमान भएको बताएका थिए । आज पनि संसदमा विनियोजन विधेयक माथि छलफल भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline