काठमाडौं, भदौ ३ ।
दूरसंचार सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र प्रतिष्पर्धी बनाउन नेपाल टेलिकमलाई संसदीय समितीले निर्देशन दिएको छ ।
संसदको विकास समितिको बिहान सिंहदरवारमा बसेको वैठकले टेलिकमको सेवालाई थप प्रभावकारी वनाउन निर्देशन दिएको हो । समितीले कतिपय ऐनमा परिमार्जन गर्नुपर्ने समेत बताएको छ ।
वैठकमा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले टेलिकमको सेवालाई समयानुकुल र प्रतिस्पर्धी बनाउन सरकारले सम्पूर्ण सहयोग गर्ने बताउनु भयो । समितिका सदस्यहरुले टेलिकमले नाफा गरे अनुरुप प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेकोप्रति सञ्चारमन्त्रालय र टेलिकमको ध्यानाकर्षण गराएका थिए ।
नेपाल टेलिकमले भूकम्पपछि कतिपय टावरमा क्षति पुगेकोले केही स्थानमा सेवा प्रभावकारी हुन नसकेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline