काठमाडौं, ३ भदौ ।
प्रदेश सिमांकन पुनरावलोकन लगाएतका विषयमा सहमति जुटाउन प्रमुख चार दलका शिर्ष नेता सम्मलीत बिशेष समितीको बैठक अपरान्न सम्मका लागि स्थगीत भएको छ।
सिहदबारमा बिहान बसेको बैठकमा ६ प्रदेश सहितको सिमांकनको विरोधमा देशका विभिन्न ठाउमा देखिएको असन्टुष्टीलाई सम्बोधन गर्ने बिषयमा छलफल भएको र अपरान्न थप छलफल गर्ने भन्दै बैठक स्थगीत गरीएको नेताहरुले बताएका छन ।
नेताहरुले सिमांकन पुनरावलोकनको बिषयमा आज सहमती जुटाउने दाबी गरेका छन । प्रदेश निमार्ण गर्दा मधेशका ८ जिल्लाको समस्याका साथै कैलाली र कन्चनपुर र मध्यपश्चिमका जनताले उटाएका मागलाई सम्बोधन गर्नेबारे छलफल भएकोे एक नेताले जानकारी दिए ।
यसअघि बिहान सिमांकन पुनरावलोकन बिषयमा दलहरुले पाटीभित्र आन्तरीक छलफल गरेका थिए । यसैबीच शिर्ष तहमा सहमती भएलगतै त्यसलाई मिलाएर बिद्येयक तयार पार्ने गरी मस्यौदा समितिले गहृकार्य जारी राखेको छ । शिर्ष तहमा सहमती जुट्न नसक्दा मस्यौदा समितीले काम अगाडी बढाउन सकेको छैन ।