प्रमुख चार दल आज निर्णयक छलफलमा

प्रमुख चार दल आज निर्णयक छलफलमा

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, ३ भदौ ।

प्रदेश सिमांकन पुनरावलोकन लगाएतका विषयमा सहमति जुटाउन प्रमुख चार दलका शिर्ष नेताहरु आज निर्णयक छलफलमा जुट्दै छन ।

६ प्रदेश सहितको सिमांकनको विरोधमा देशका विभिन्न ठाउमा आन्दोलन चर्किदै गएपछि त्यसलाई सम्बोधन हुनेगरि सिमांकन पुनरावलोकनको विषलाई अन्तिम रुप दिन पहल गरिने नेताहरुले बताएका छन ।

करिब सबै विषयमा सहमति जुटाउने गरि आजको छलफल अगाडि बढाइएको नेताहरुको दाबी छ ।

सबैभन्दा बढि विवादित विषय सिमांकनलाई सात या पाँच प्रदेशमा लगेर टुंग्याउने नेताहरुको तयारी छ । त्यसका लागि प्रमुख चार दलका शिर्ष नेताहरु सम्मेलित विशेष समितिको बैठक केहि बेरमा बस्दै छ ।

दलहरुबीच भएको सोह्रबुदे सहमतिका आधारमा बढिमा ८ प्रदेशसम्म भएपनि छलफल अघि बढाइएको बताइएको ।

विहान प्रमुख दलहरुले पार्टी भित्र आन्तरिक छलफल गरि अवेर रातिसम्म भएपनि आज सिमांकन पुनरावलोकनको तयारी थालएिको एक नेताले बताए ।

यसैबीच मस्यौदा समितिको बैठक विहानैदेखि बसिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ