काठमाण्डौ,२ भदौ ।
एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले आन्दोलनको नाममा दुई तीन सय मार्ने योजना भएको सूचना आफूले पाएको दाबी गर्नुभएको छ । ।
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा सचिब पुनले दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको दाबी गर्नुभयो ।
उहाले थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले त्यस क्षेत्रमा आन्दोलन भएको भन्दै उनीहरुको माग सम्बोधन गरिने बताउनु भयो ।
अहिले जायज माग राखेर आन्दोलन गर्नेहरुसँगै निहुँ खोजेर संविधान जारी हुन नदिनेहरु पनि लागिपरेको भन्दै त्यस्ता समूहसँग सम्झौता नगरी भण्डाफोर गरिने स्पष्ट पार्नुभयो ।
यस्तै कांग्रेस नेता रमेश लेखकले नेपाल विविधताले भरिएको र मिश्रति बसोबास भएकोले एउटै जाती भाषाको प्रदेश बन्न असम्भव रहेको बताउनु भयो ।
कार्यदलले सबै विषय टुङग्याएर मस्यौदा समितिमा प्रतिवेदन बुझाईसकेको र मस्यौदा समितिले अन्तिम प्रतिवेदन बनाएर संविधानसभामा पेश गर्ने बताउनु भयो ।