जिविसको दुई दिने कार्यशाला गाष्ठी सम्पन्न

जिविसको दुई दिने कार्यशाला गाष्ठी सम्पन्न

  • बुधबार, भदौ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,२ भदौ ।

जिल्ला विकास समिति काठमाण्डौले आयोजना गरेको आवधिक जिल्ला विकाश योजना २०७२ ∕०७३ ,०७६ ∕ ०७७ तर्जुमाका लागी दीर्घकालिन सोच निर्धारण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

समितिको सभाहलमा मंगलबारदेखि सुरु भएको गोष्ठमा बिभिन्न सरोकारवाला पक्षले आ आफ्नो धारणा राखेका थिए ।
समापन कार्यक्रममा बोल्दै स्थानीय विकास मन्त्रालयका उपसचिव छवि रिमालले सन् २०२२ सम्ममा नेपाललाई गरिवी उन्मुलन मुलुक बनाउने योजना रहेको बताउनु भएको छ ।

उहाले सन् २०२२ सम्ममा गरिवि हटाई आर्थिक सामाजीक एवम् सास्कृतिक रुपमा समृद्ध बनाउने लक्ष रहेको धारणा राख्नु भयो । उहाले यसका लागी सरकार लागी परेको पनि जनाउनु भयो ।

कार्यक्रममा बोल्दै महिला विकास अधिकारी सुधा श्रेष्ठले जिल्लाको मुलभुत समस्यालाइ समाधान गरी सवलता र विकासको सम्भावना र अवसरहरुलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनु भयो ।

यस्तै राष्ट्रिय योजनाको लक्ष्य हासिल गर्न सघाउ पुयाउनु पर्नेमा पनि उहाको जोड थियो ।

जिविसले जिल्लाका समस्या र सम्भावना विश्लेषण तथा जिल्ला विकासको लक्ष निर्धारण सम्बन्धी एक कार्यपत्र प्रस्तु गरेको थियो ।

जसमा आर्थिक ,ऐतिहासिक एवम् सास्कृतिक रुपले समृद्ध बनाई उपत्यकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने २० वर्षे रणनितिक गुरुयोजना रहेको जनाएको छ ।

विविसले सेवाप्रवाहलाई प्रभावकारी बनाई स्थानीय जनताको जीवनस्तर वृद्धि गरी गरीवि न्युनिकरणमा सहयोग गर्ने , सडक पुर्वाधार विकास निर्माण तथा स्तरोन्नतीमा विशेष जोड दिने ,समाजिक परिचालनलाई अभिन्न अंगको रुपमा विकास गर्ने ,खानेपानी र सरसफाईलाई स्वास्थ्य सेवामा आबद्ध गरी अभियान चलाउने र विद्युतिय सुशासन प्रणाली अवलम्बन गरी विद्युत्तिय जोखिम न्युनीकरण गर्ने लगायतको लक्ष लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ