भारदहमा आत्मा रक्षाका लागि गोली चल्यो : गृहमन्त्री

भारदहमा आत्मा रक्षाका लागि गोली चल्यो : गृहमन्त्री

  • बुधबार, भदौ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,२ भदौ ।

गृहमन्त्री वामदेव गौतमले सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई प्रहरीले गोली चलाएको बताउनु भएको छ ।

व्यवस्थापिका–संसदको आजको बैठकमा सरकारका तर्फबाट जवाफ दिदै गौतमले नवलपरासी र भारदहलगायत स्थानमा भएका आन्दोलन र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट भएको प्रयासबारे जानकारी दिनु भएको छ ।

भारदहमा भेला भएका करिब सात सयजना आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेका तर उनीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताउनुभयो ।

सुरक्षाकर्मीका सवारी साधन तोडफोड हुन थालेपछि सामान्य लाठी र अश्रुग्यास प्रहार गरी परिस्थिति नियन्त्रणमा लिन हरसम्भव प्रयास गरिएको तर प्रहरीको हतियार नै खोस्ने दुष्प्रयास भएपछि गोली चलाउँदा घाइते भएका २४ वर्षीय राजीव राउतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उहाँले बताउनुभयो ।

हिजोको संसद बैठकमा अधिंकाश सभासदले भारदहका बारेमा गृहमन्त्री जवाफ दिनुपर्ने बताएपछि सभामुख सुवास चन्द्र नेम्वाङले जवाफ दिन गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ