६ प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउदै आजपनि मुलुकभर आन्दोलन जारी

६ प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउदै आजपनि मुलुकभर आन्दोलन जारी

  • बुधबार, भदौ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २ भदौ ।
६ प्रदेशको सीमाङ्कनमा दलहरुले गरेको सहमतिप्रति  असन्तुष्टि जनाउदै विभिन्न राजनीतिक दल तथा समूहले पश्चिम तराई लगायत मुलुकका विभिन्न स्थानमा आव्हन गरेको बन्द आज पनि जारी छ ।

चितवनदेखि कञ्चनपुरसम्मको भू–भागलाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै नौ दिनदेखि थरुहट संघर्ष समितिले आह्वान गरेको बन्द आज पनि जारी छ ।

बन्दका कारण पश्चिम तराईका जिल्लाहरु चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

त्यस क्षेत्रमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने विद्यालय, उद्योग धन्दा, कलकारखाना, बजार सबै ठप्प छन् ।

यसतै पश्चिम तराईका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि बन्दको  आह्वान गरेकाले त्यस क्षेत्रका बासिन्दा दोहोरो मारमा परेका छन् । कपिलवस्तु भएर भारतबाट आउने यात्रु अहिले कृष्णनगरमै अलपत्र परेका छन् ।

उता, १४ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको हो ।

बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात, शैक्षिकसंस्था र बजार ठप्प बनेको छ । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।

यसैगरी हिजो दिनभर तानवग्रस्त बनेको सप्तरीको भारदहमा आज विहानैबाट प्रदर्शन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको  कफर््यू हटाएसँगै आन्दोलनकारी चोक चोकमा जम्मा भएर प्रदर्शन सुरु गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी