काठमाडौ २ भदौ । सप्तरीको भारदहमा हिजो अपरान्नबाट लगाएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ ।
हिजो अपरान्ह ४ बजबाट लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु हटाएसँगै बिहानैदेखि आन्दोलनकारी चोक चोकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् ।
आन्दोलनकारीले मृतकलाई शहीद घोषणा र २० लाख क्षतिपूर्ति, घटनाका दोषी प्रहरीको निलम्बन, गोलीकाण्डको छानविन गर्न समिति गठन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखदै प्रदर्शन शुरु गरेका हुन् ।
एक मधेश एक प्रदेशको माग गर्दै मधेसी मोर्चाको गठबन्धनले तराईका जिल्लाहरुमा आह्वान गरेको बन्दका क्रममा हिजो सप्तरीको भारदहमा प्रहरीको गोली लागेर स्थानीय राजीव राउतको मृत्यु भएको थियो