काठमाडौ २ भदौ ।
प्रदेशको सिमांकन सहित संविधानका विवादित विषयमा सहमति जुटाउन केही दिन यता लगातार छलफल गरिरहेका प्रमुख दल आज पनि छलफलमा जुट्दैछन् ।
त्यसका लागि चार दलका उच्च स्तरिय नेता सम्मिलित विशेष समितिको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
अधिकांश विषयमा सहमति नजिक पुगेको भन्दै नेताहरुले आज सिमांकन, धर्मसम्बन्धी प्रावधान, थ्रेसहोल्ड लगायतका विषयमा अन्तिम सहमति जुट्ने दावी गरेका छन् ।
६ प्रदेशको प्रस्तावित सिमांकनका विरुद्ध देशका विभिन्न स्थानमा आन्दोलन चर्केपछि आन्दोलनरत पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी प्याकेजमा सहमति गर्ने प्रमुख दलको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline