सभासदको अभिव्यक्तिमाथि छानबिन सुरु

सभासदको अभिव्यक्तिमाथि छानबिन सुरु

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौं,१ भदौ ।  
बिखण्डनकारी अभिव्यक्ति दिएर विवादमा परेका केही मधेशी सभासदमाथि राज्य ब्यबस्था समितीले छानबिन सुरु गरेको छ ।
देश टुक्राउँछु भन्दै धम्की दिएपछि विवादित बनेका काँग्रेका सभासद अमरेश कुमार सिंह, संघीय समाजवादी फोरोम नेपालका अध्यक्ष एवं सभासद उपेन्द्र यादव र सद्वनाका अध्यक्ष राजेन्द्र महतोमाथिसमितिले छानबिन शुरु गरेको हो ।

उहाँंहरुले देशका विभिन्न स्थानमा जनता भड्काउने खालको अभिव्यक्ति दिएपछि सरकारले अडियो रेकर्ड संसदमा पेश गरेको थियो ।  अडियोको अध्ययन पछि भदौं ५ गते समितिको बैठकमा यसबारेमा विस्तृत छलफल हुने समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिनुभयो ।
कैलाली तथा अन्य ठाउँमा आयोजित सभाहरुमा ससभासदहरुले विखण्डनकारी अभिव्यक्ति दिएको समाचारको अडियो रेकर्ड हिजो संसद्मा गृहमन्त्री वामदेव गौतमले प्रस्तुत गरेपछि आवश्यक छानबिन गर्न सभामुख सुवास नेम्वाङले समितिलाई निर्देशन दिनुभएको थियो । आजको बैठकमा उपस्थित अमरेशकुमार सिंहले आफूलाई थुनेर देखाउन सरकारलाई चुनौती समेत दिनुभएको छ ।

उता व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई फिर्ता गरेर अर्को सक्षम सभासदलाई सभापति बनाउन समिति सदस्यहरुले नेपाली कांग्रेसलाई आग्रह गरेका छन ।

सभापति दिलबहादुर घर्तीको नेतृत्व क्षमता शून्य रहेको र सभापतिकै कारण संसदको सबैभन्दा शक्तिशाली मानिने राज्य व्यवस्था समिति निकम्मा भएको भन्दै सभासदरुले आलोचना गरेका हुन । सिहदरबारमा  बिहान बसेको राज्य व्यवस्था समिति बैठकमा कांग्रेस र एमालेका सभासदहरुले सभापति घर्तीबाट समिति चल्न नसक्ने बताएका थिए ।

बैठकको शुरुमै एमाले सभासद यज्ञराज सुनुवारले देशमा शान्ति सुरक्षा, राज्य सञ्चालन लगायतका क्षेत्रमा ठूला ठूला घटना भएका बेला पनि समिति निष्क्रिय हुनुमा सभापति जिम्मेवार रहेको बताउनुभयो ।

कांग्रेसका हृदयराम थानीबाहेक सबै सभासदले सभापति घर्तीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए । कांग्रेस सभासद आरजू देउवा, एमाओवादीका राम कार्कीलगायतले सभापतिकै कारण समितिले काम गर्न नसकेको बताउनुभयो ।

बैठकमा गृहमन्त्री वामदेव गौतमले देशका बिभिन्न ठाउँमा भइरहेका आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका बारेमा जानकारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ